Sky Dainik शनिबार, बैशाख २५, २०७८

पार्टिकै कारण सङक्रमन फैलियो:प्रधानमन्त्री ओलि
काठमाण्डाै, प्रधानमन्त्री ओलिले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनु भएको छ । अमेरिकाबाट प्रसारित सीएनएन टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्ध लागू गरिएको र अहिलेसम्म नेपालमा यो महामारी नियन्त्रणमा रहेको दाबी गर्नुभयो ।
“लापर्बाहीका कारण नेपालमा संक्रमण फैलिएको” प्रधानमन्त्रीको भनाइ छ। यस बिषम परिस्थितिकै बीचमा सडकमा राजनीतिक प्रदर्शन, सभा र जुलुस गरेर पार्टिगत हिसाबमा दलले गलत गरेको उहाँको भनाइ छ । ओलि भन्नु हुन्छ “अहिलेसम्म नेपाल सरकारले कोरोना महामारी नियन्त्रणका लागि पहल गरिरहेको छ” काेराेना विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पनि आग्रह गर्नु भएको कुरा बताउनु भएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्