अफगानिस्तानबाट उद्धार गरिएका १ सय १८ जना नेपाली आइपुगे काठमाडौं

Sky Dainik मंगलबार, भाद्र ०१, २०७८

काठमाडौं,भदौ १। अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय १८ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् ।

तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्धार गरेको थियो । उनीहरुमध्ये १ सय १८ जना कुबेत हुँदै मंगलबार विहान काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै उद्धार गरिएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।

अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा रहेका छन् । विदेशी नियोगहरुमा कार्यरत नेपालीलाई सम्बन्धित देशले उद्धार गरेर सुरक्षित ठाउँमा राखेको जनाएका छन् भने नेपालले पनि सम्पर्कमा आउन आग्रह गरिरहेको छ ।

यस्तै अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाइसकेका छन् । कन्सुलर सेवा विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण टिपाउन सकिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्