Sky Dainik सोमबार, साउन ३२, २०७८

काठमाडौं,साउन ३२। गत २४ घण्टामा नेपालमा १५ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिए अनुसार १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार पाँच सय ६६ जना र ५ हजार पाँच सय १८ एन्टिजेन परीक्षण गर्दा आठ सय ८५ गरी ३ हजार चार सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
आज सोमवार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १० हजार आठ सय ५३ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ भने २ हजार चार सय ५८ जना निको भएका छन् ।
योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय २७ पुगेको छ भने ६ लाख ८५ हजार एक सय ४० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै हाल नेपालमा ३९ हजार तीन सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये सात सय ९५ जनाको आईसीयू र एक सय ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकार गराएको छ ।