Sky Dainik सोमबार, साउन ३२, २०७८

काठमाडौं,साउन ३२। प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धारका लागि सरकार गम्भीर रहेको बताएका छन् ।
आइतबार देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र शीघ्र उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको जानकारी गराएका छन् ।
आज सोमबार ट्वीटमार्फत प्रधानमन्त्री देउवाले सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको उल्लेख गरे संगै गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने बताएका छन् ।
अफगानिस्तानमा करिब १५ सय नेपालीहरु रहेको अनुमान छ भने उनीहरु कुन अवस्थामा छन् भन्ने थाहा हुन सकेको भने छैन ।
यहाँ कमेन्ट गर्नुहोस्