माओवादी केन्द्रीय कमिटी बैठकः एमसीसीबारे स्पष्ट पार्न नेताहरूको माग

Sky Dainik आइतबार, साउन ३१, २०७८

काठमाडौं,साउन ३१। नेकपा माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे स्पष्ट नभएको भन्दै यसबारे स्पष्ट पार्न नेताहरूले माग गरेका छन् ।

शनिबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ‘एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीति अनुसार कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गर्ने’ मात्र भनिएको छ ।

तर समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै टोली नेताहरुले एमसीसीबारे प्रष्ट पार्न माग गरेका छन् । केही नेताहरूले एमसीसी सम्झौता राष्ट्रघाती भएको समेत बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्