२४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि, ४५ लाख ७० हजार ५५३ जनाले लगाए खोपको पहिलो मात्रा

Sky Dainik बुधबार, साउन २७, २०७८

काठमाडौं,साउन २७। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार चार सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार नौ सय ७ जनाको पीसीआर परीक्षणमा २ हजार छ सय १६ र ५ हजार सात सय ४९ जनाको एन्टिजेन परीक्षणमा ८ सय ६५ गरी ३ हजार चार सय ८१ जनामा संक्रमण भेटिएको हो । कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकामा नौ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने यससँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार एक सय ८० पुगेको छ ।

यही अवधिमा १ हजार आठ सय ८५ जना निको भएसँगै ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन् । जसमध्ये ३४ हजार आठ सय १३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार दुई सय २० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये सात सय ९६ जना आईसीयू र एक सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै बुधबारसम्म ४५ लाख ७० हजार पाँच सय ५३ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने २८ लाख ८८ हजार तीन सय ६० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । गत २४ घण्टामा १ लाख ९५ हजार दुई सय ११ जनाले खोप लगाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्