काठमाडौं उपत्यकामा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन संचालनमा रोक

Sky Dainik मंगलबार, साउन २६, २०७८

काठमाडौं,साउन २६। काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् । यस्तै अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जनाएका छन् ।

यससँगै निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिदै निषेधाज्ञाको समय भदौ ८ गते सम्म थप गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्