पार्टीबाट अलग भएका वा अलमलमा परेकाहरुलाई पार्टीमा फर्किन उपेन्द्र यादवको आग्रह

Sky Dainik बिहिबार, साउन २१, २०७८

काठमाडौं,साउन २१। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका वा अलमलमा परेका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।

अध्यक्ष यादवले आज बिहीबार विज्ञप्ति जारी गर्दै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा लागेका तर अहिले अलमलमा परेका नेता वा कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आग्रह गरेका हुन्।

यस्तै जारी विज्ञप्तिमा जसपाका सम्पूर्ण शुभचिन्तक, समर्थक, सदस्य तथा पार्टीका विभिन्न तहमा कार्यरत रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पार्टीको झन्डामुनी एकताबद्ध हुन उनले आग्रह गरेका छन् ।

जसपामा विवाद हुँदा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो। ‘निर्वाचन आयोगले पार्टीबारे आधिकारिकतासम्बन्धी निर्णय गर्नु भन्दापूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नु भएका वा अन्यन्त्र अलमलमा पर्नु भएका पार्टीका सम्पूर्ण साथीहरूलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट पार्टीमा फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणमा अगाडि बढ्नु जरुरी रहेको विज्ञप्तिमा उल्लेख गर्दै अध्यक्ष यादवले भनेका छन्, ।

अध्यक्ष यादवले केही अग्रमन नचाहने, उपलब्धिलाई उल्टाउन चाहने यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरूले पार्टीलाई षड्यन्त्रमूलक ढंगले फुटाउन खोजेको बताएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्