Sky Dainik बिहिबार, साउन २१, २०७८

काठमाडौं,साउन २१। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र एक हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सात सय ६६, ललितपुरमा एक सय ६३ र भक्तपुरमा एक सय ४६ गरी काठमाडौं उपत्यकामा एक हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल काठमाडौं उपत्यकामा १० हजार ६८ सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये काठमाडौंमा ७ हजार ८०, भक्तपुरमा १२ हजार ९९ र ललितपुरमा १६ हजार ८९ जना रहेका छन्।
यस्तै बहीबार देशभर ३ हजार नौ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्