Sky Dainik बुधबार, साउन २०, २०७८

काठमाडौं,साउन २०। जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको ८ लाख डोज खोप शनिबार काठमाडौं आइपुग्ने भएको छ।
जापान सरकारले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिन लागेको मध्ये आठ लाख डोज खोप शनिबार र आइतबार गरी काठमाडौं आइपुग्ने काठमाडौंस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।
यस्तै जापानबाट बिहीबार र शुक्रबार गरी दुइटा विमान काठमाडौंका लागि उड्नेछन्। ती खोप क्रमशः शनिबार र आइतबार काठमाडौं आइपुग्ने विज्ञप्तिमा उल्लेख छ।
जापान सरकारले अनुदानमा दिन लागेको १६ लाख डोज अष्ट्राजेनेका खोप मध्ये बाँकी आठ लाख पछि आइपुग्ने राजदूतावासले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्