Sky Dainik मंगलबार, साउन १९, २०७८

काठमाडौं,साउन १९। पछिल्लो २४ घण्टामा ३ हजार तीन सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१० हजार ६ सय ३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार चार सय ४८ र ६ हजार ८० जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३५ जना गरि ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ६५ हजार आठ सय १५ जना पुगेको छ ।
उक्त अवधिमा थप २४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् भने यससँगै अहिलेसम्म नेपालमा ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ सय २२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६० हजार एक सय १६ जना पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा ३२ हजार ५९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय संक्रमितमध्ये २९ हजार २२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेकोमा ६ सय ८६ जनाको आईसीयू र १ सय ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये नौ सय ४ जना काठमाडौं उपत्यकामा भेटिएका हुन् । जसमा काठमाडौंका ६ सय १३ ललितपुरका १ सय ७७ र भक्तपुरका १ सय १४ जना संक्रमित देखिएका छन् ।