काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म थप गरियो निषेधाज्ञा

Sky Dainik मंगलबार, साउन १९, २०७८

काठमाडौं,साउन १९। काठमाडौं उपत्यकामा फेरि साउन २७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ।

मंगलबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाइँदै लगिएपनि कोरोना संक्रमणमा कमि नआएका कारण स्थानीय प्रशासनले निषेधाज्ञालाई भने निरन्तरता दिँदै साउन २७ सम्म निषेधाज्ञा थपिने निर्णय गरेको हो ।

यस्तै निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

उक्त निषेधाज्ञामा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाइएने निर्णय भएकोे छ भने परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।

यसअघि प्रशासनले लगाएको निषेधाज्ञा साउन २० गते रातिदेखि सकिँदै छ ।

यहाँ कमेन्ट गर्नुहोस्