१३ हजार ८ सय ११ जनाको नमुना परीक्षणमा थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

Sky Dainik सोमबार, साउन १८, २०७८

काठमाडौं,साउन १८। पछिल्लो २४ घण्टामा देशभर ३ हजार एक सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १३ हजार आठ सय ११ जना नमुना परिक्षण गरे मध्ये १० हजार ६ सय १३ जनाको पीसीआर परीक्षणमा २ हजार दुई सय ७९ र ३ हजार एक सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ४६ जना गरी ३ हजार एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै बितेको २४ घण्टामा थप २३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् भने योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ९८ पुगेको छ ।

सो अवधिमा एक हजार नौ सय २५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५८ हजार एक सय २२ जना पुगेको छ ।

यस्तै हाल नेपालमा ३१ हजार ६ सय २९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय संक्रमितमध्ये २८ हजार चार सय ५ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ३ हजार दुई सय २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ९० जनाको आईसीयू र १ सय ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ८१ हजार २५ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । नेपालमा हालसम्म २० लाख दुई सय ११ जनाले दुइ वटै मात्रा र ४१ लाख ६३ हजार दुई सय ५१ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्