Sky Dainik आइतबार, साउन १७, २०७८

काठमाडौं,साउन १७। नेकपा एमालेको स्थायी कमिटी बैठकले नेकपा एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सबै प्रयासहरु गर्ने भएको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा माधवकुमार नेपाल पक्षको उपस्थितिबिना आइतबार भएको स्थायी कमिटी बैठकमा पार्टीलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सबै प्रयासहरु गर्ने निर्णय भएको हो ।
बैठकमा महासचिव पोखरेलका अनुसार आफुहरु एमालेलाई एकतावद्ध बनाउन चाहाने र उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने बताएका छन् ।
उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको एकता प्रयासबारे जानकारी गराएका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्