Sky Dainik आइतबार, साउन १७, २०७८

काठमाडौं,साउन १७। कोरोनाको तेस्रो लहर आउनुअघि नै तयारी अवस्थामा रहनुपर्ने गृहमन्त्री बालकृष्ण खाणको भनाइ रहेको छ ।
आइतबार गृह मन्त्रालयमा कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रित रहेर बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाण र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ उपस्थित भएका थिए । बैठकमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्ने विषयमा कुराकानी भएको छ।
यस्तै गृहमन्त्री खाणले बैठकमा कोरोना नियन्त्रण चुनौतिपूर्ण रहेकोले सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताएका हुन। उनले कोरोना नियन्त्रण गर्न राज्यको मुख्य दायित्व रहेको भन्दै राज्यका सबै संयन्त्रहरू सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
गृहमन्त्री खाणले कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताए सँगै गृहले आवश्यक व्यवस्थापनको पाटोमा सहजीकरण गर्ने बताएका छन् ।
यस्तै गृहमन्त्री खाणका अनुसार खोप केन्द्रमा भिडभाड देखिएको हुनाले खोप केन्द्रलाई व्यवस्थित गर्न पनि उनको आग्रह छ। यससँगै कोरोनाको तेस्रो लहर आउनुअघि नै तयारी अवस्थामा रहनुपर्ने र त्यसका लागि होल्डिङ सेन्टर निर्माण गर्नुपर्ने उनले बताए।
यस्तै सरकारी अस्पतालमा थप अक्सिजन प्लान्टको व्यवस्थापन मिलाउने तयारी रहेको उनको भनाइ छ।