काठमाडौं उपत्यकामा थपिए ८ सय १९ जना कोरोना संक्रमित

Sky Dainik शुक्रबार, साउन १५, २०७८

काठमाडौं,साउन १५। काठमाडौं उपत्यकामा थप आठ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यस्तै संक्रमितमध्ये काठमाडौंका ५ सय ५६ ललितपुरका १ सय ८७ र भक्तपुरका ७६ जना रहेका छन्। यससँगै हाल उपत्यकामा ८ हजार पाँच सय १ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६ सय ६१ जनाको नमूना परीक्षण गर्दा थप ३ हजार ६ सय ११ जना कोरोना संक्रमित थपिएका हुन्।

यहाँ कमेन्ट गर्नुहोस्