२४ घण्टामा थपिए ३ हजार ६ सय ११ जना कोरोना संक्रमित, १ हजार ८१६ जना निको

Sky Dainik शुक्रबार, साउन १५, २०७८

काठमाडौं,साउन १५। पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार सात सय ८३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार चार सय ६७ जना र ४ हजार आठ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार एक सय ४४ गरी ३ हजार ६ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय १६ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या ६ लाख ५२ हजार दुई सय ६१ पुगेको छ ।

यससँगै थप २७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् भने योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ३४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार एक सय ९ पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्