Sky Dainik शुक्रबार, साउन १५, २०७८

काठमाडौं,साउन १५। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपाल समूहलाई अब धेरै समय कुर्न नसक्ने बताएका छन् ।
शुक्रबार साउन १५ का अवसरमा पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै माधव समुहलाई पोखरेलले शुक्रबार बेलुकासम्म पर्खिने र नभए शनिबार बस्ने स्थायी कमिटी बैठक बसेर अघि बढ्ने घोषणा गरेका हुन् ।
महासचिव पोखरेलका अनुसार सम्भवत आज बेलुकासम्म केही कुराहरु होला, त्यसपछि अव धेरै प्रतिक्षा गर्नु उचित नभएको बताएका छन् । पोखरेलले भोली बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुने कुराको स्पष्टिकरण गरेका छन् ।
बैठकबाटै अव कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने उनको भनाइ छ । ‘खासगरी महाधिवेशनका कुरा छन्, त्यसभन्दा पहिले विधान महाधिवेशन गर्नुपर्ने कुरा छ । तलका कमिटीहरूलाई व्यवस्थित बनाउने र सदस्यताका कुरालाई व्यवस्थित गर्ने कुराहरु छन् त्यसमा पार्टीले निर्णय गर्छ’, पोखरेलले बताए ।