Sky Dainik शुक्रबार, साउन १५, २०७८

काठमाडौंं,साउन १५। नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धि–सम्झौता गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आज शुक्रवारको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामाथि आशङ्का व्यक्त गर्दै रावलले सभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ भनेर प्रतिप्रश्न गरेका हुन् ।
उनले भने,‘एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए त्यो राष्ट्रघात हुनेछ ।’ रावलले एमसीसीसँगै भएका अन्य सम्झौता पनि सार्वजनिक गर्न माग समेत गरेका छन् ।
नेता रावलले एमसीसीका नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन नसक्ने दावी गरेका छन् । कुनै पनि देशसित कुटनीतिक सम्बन्ध बलियो बनाउनुपर्ने तर सन्धि गर्दा देशको हितमा छ कि छैन भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिइएका छन् ।
यस्तै नेता रावलले कुनै सामरिक कुरासँग जोडिएर एमसीसी आए स्वीकार गर्न नसकिने बताएका छन् । उनले देशको हितलाई सर्तका रूपमा राखेर देशको स्रोतको सदुपयोग गर्नतर्फ लाग्नुपर्ने कुरामा ध्यानाकर्षण गराएका छन् ।