Sky Dainik बिहिबार, साउन १४, २०७८

काठमाडौं,साउन १४। पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार तीन सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएबो छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार पाँच सय ५५ जनाको पीसीआर परीक्षणमा २ हजार तीन सय ३५ जना र ४ हजार ६ सय ८७ जनाको एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी ३ हजार तीन सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ५० हजार २२ पुगेको छ ।
यससँगै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ योसहित नेपालमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ हजार आठ सय सात पुगेको छ ।
यस्तै थप एक हजार तीन सय ७३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५० हजार चार सय ४५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार तीन सय ९० जना रहेका छन् । जसमध्ये २७ हजार तीन सय ५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ३६ जना आईसीयू र १ सय ६० जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।