प्रधानमन्त्री देउवासँगको भेटवार्तापछि प्रचण्डले गरे माधव नेपालसँग कुराकानी

Sky Dainik बिहिबार, साउन १४, २०७८

काठमाडौं,साउन १४। प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेका प्रचण्डले त्यसपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान देउवालाई बालुवाटारमा भेटेका प्रचण्डले नेता नेपाललाई भेट्न उनको निवास पुगेका थिए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र वरिष्ठ नेता नेपालसँगको भेटवार्तामा समसामयिक राजनीतिबारे कुराकानी गरेका छन् ।

सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । तर नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेकाले सरकारमा सहभागी हुनेबारे प्रष्ट कुरा राखेका छैनन् ।

सत्ता समीकरणको भागबण्डा मिल्न नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री रहेका छन्। जसमध्ये मन्त्रिपरिषद् कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री छन् भने माओवादी केन्द्रका दुई मन्त्री रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्