Sky Dainik बिहिबार, साउन १४, २०७८

काठमाडौं,साउन १४। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सर्वसाधरणलाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफु रहेको बताएकी छन् ।
नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री भुसालले सर्वसाधारणलाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफु रहेको बताएकी हुन् । यसबाट एक करोड बढी जनता लाभान्वित हुने उनको अनुमान छ ।
मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड दिँदै निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक भएको बताएकी छन् ।
कुनै पनि कार्यका लागि मन्त्रालय धाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढङ्गले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात् गर्नु जरूरी रहेको मन्त्री भुसालले बताएकी छन् ।
यहाँ कमेन्ट गर्नुहोस्