पूर्वसभामुख महराले जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि पाए सफाइ

Sky Dainik मंगलबार, साउन १२, २०७८

काठमाडौँ,साउन १२। पूर्वसभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतले पनि सफाइ दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्दै महरालाई जबर्जस्ती करणी उधोग मुद्दाबाट सफाइ दिएको हो ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोप लागेपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्