वहुमतको साथ पाएपछि यादव छिट्टै देउवा सरकारमा सहभागी हुने तयारी

Sky Dainik सोमबार, साउन ११, २०७८

काठमाडौं,साउन ११। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् ।

सोमबार आयोगमा पुगेका संचारकर्मीहरुसँग नेता यादवले आफ्नो पक्षमा निर्वाचन आयोगमा बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर जुटेको भन्दै महन्थ ठाकुर पक्षले आत्मालोचना गरेर आए पार्टीले बिचार गर्न सक्ने बताएका थिए ।

यस्तै निर्वाचन आयोगमा उपस्थित भएका ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये ३४ जनाले उपेन्द्र पक्षमा हस्ताक्षर सनाखत गरेका छन्।

यसैबीच अध्यक्ष यादवले आफूहरूले महन्थ ठाकुर र राजेन्द्र महतोहरूलाई माफी मागेर आए पार्टीमा ठाउँ दिने बताएका छन्। उनीहरूले प्रतिगमनमा लागेको कुरा गल्ती स्वीकार गर्दै माफी मागेमा पार्टीमा स्थान दिइने यादवले बताएका हुन ।

यहाँ कमेन्ट गर्नुहोस्