पछिल्लो २४ घण्टामा ह्वात्तै बढे कोरोना संक्रमित, एकै दिन ३ हजार ४२१ जनामा संक्रमण पुष्टि

Sky Dainik सोमबार, साउन ११, २०७८

काठमाडौं,साउन ११। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सङ्ख्या ह्वात्तै बढेसँगै एकै दिनमा ३ हजार चार सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार दुई सय ४० जनाको पीसीआर परीक्षण गर्दा २ हजार तीन सय ९१ र ५ हजार ३२ जनाको एन्टीजेन विधिमार्फत परीक्षण गर्दा १ हजार ३० गरी ३ हजार चार सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप २५ जनाले ज्यान गुमाएका छन् । योसहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार सात सय ३८ पुगेको छ ।

यही अवधिमा एक हजार ६ सय ८६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४५ हजार तीन सय एक पुगेको मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार नौ सय ४७ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार नौ सय ८ जना रहेका छन् ।

जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार आठ सय १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरसका बिरामीमध्ये ६ सय ६९ जना आईसीयू र १ सय ६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यहाँ कमेन्ट गर्नुहोस्