ऋण वा सापटी लिएर भए पनि सबै नागरिकलाई कोरोना खोप पुर्‍याउछौं : प्रधानमन्त्री देउवा

Sky Dainik शुक्रबार, साउन ०८, २०७८

काठमाडौं,साउन ८। प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभालाई सम्बोधन गर्दै शुक्रबार देउवाले अहिलेको अवस्थामा नेपालमा कोरोनाविरूद्धको खोप ल्याउनु सरकारको मुख्य चुनौती रहेको बताउनु भएको हो । देउवाले ऋण वा सापटी लिएर भए पनि जहाँ–जहाँबाट पाइन्छ खोप जनतालाई उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

‘कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नागरिकलाई कोरोना खोप पुर्‍याउन गरेको वाचा पूरा गरी छाड्ने छु,’ उहाँले भन्नु भयो ।

प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५–७ महिना मात्र रहने भन्दै उहाँले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताउनु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्