Sky Dainik शुक्रबार, साउन ०८, २०७८

काठमाडौं,साउन ८। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा पत्र फिर्ता लिएका छन् ।
रावलले साउन ३ आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका थिए । उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।
यस्तै २०७४ सालको प्रतिनिधि सभामा अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि राजीनामा दिएको घोषणा गरेका थिए।
नेता रावलले राजीनामा दिएपछि अरू एमाले नेताहरूले उनले तत्काल राजीनामा दिनुपर्ने जरूरी नरहेको भन्दै फिर्ता लिनु पर्ने बताएका थिए। एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।