Sky Dainik बुधबार, साउन ०६, २०७८

काठमाडौं,साउन ६। चीनको राजधानी बेइजिङबाट कोरोना विरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज साँझ उडान हुने भएको छ ।
नेपाल सरकारले चीनबाट खरीद गरेको दोस्रो खेप कोरोना विरुद्धको खोप लिन आज साँझ जहाज बेइजिङ उडान हुने भएको नेपाल वायुसेवा निगमले जनाएको हो । उक्त जहाज बिहीबार खोप लिएर काठमाडौं आउने छन् ।
यसैगरि खोप ल्याएपछि बिहीबार साँझ जहाज फेरि बेइजिङ जाने छ । सो जहाज शुक्रबार काठमाडौं फर्किने छ। र अर्को उडान शनिबार साँझका लागि तोकिएको छ भने उक्त जहाज आइतबार काठमाडौं आउने छ ।
नेपाल सरकारले ४० लाख डोज खोप चीनबाट खरिद गरेको छ जसमध्ये यसअघि निगमले २५ असारमा पहिलो खेपमा ८ लाख ९ हजार ६ सय डोज खोप नेपाल ल्याएको थियो ।
यस्तै नेपाल सरकारलाई चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्