Sky Dainik सोमबार, साउन ०४, २०७८

काठमाडौं,साउन ४। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार चार सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार आठ सय ३३ जनामा पीसीआर परीक्षण गर्दा १ हजार छ सय ४२ जना र ३ हजार आठ सय ३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा आठ सय ३ जना गरी २ हजार चार सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार सात सय ५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार सात सय ४३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार दुई सय ५८ रहेको छ भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार तीन सय ३२ जना निको भएका छन् भने संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार पाँच सय ८२ पुगेको छ ।