Sky Dainik सोमबार, साउन ०४, २०७८

काठमाडौं,साउन ४। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सोमवार टेलिफोन मार्फत कुराकानी भएको छ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आइतबार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको बैठकमा १६५ विश्वासको मत पाउनु भएको थियो। विश्वासको मत पाएसँगै मोदीले फोन गरी प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिए साथै आउँदो दिनको सहकार्य र कोरोना महामारीविरुद्ध संयुक्त रूपमा लड्ने कुरा भएको भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत जानकारी दिनुभएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्