प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत प्राप्त : पक्षमा १६५, विपक्षमा ८३ मत

Sky Dainik आइतबार, साउन ०३, २०७८

काठमाडौं,साउन ३। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न सफल हुनुभएको छ ।

प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्‍याउन १३६ मत आवश्यक पर्ने भए पनि उहाँले १६५ मत प्राप्त गर्नुभएको छ । मतदानमा २४९ जना सांसद सहभागी भएकोमा विपक्षमा ८३ मत खसेको छ भने मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले बताउनु भएको छ ।

देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका हुन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्