Sky Dainik आइतबार, साउन ०३, २०७८

काठमाडौं,साउन ३। पछिल्लो २४ घण्टामा देशभर थप १ हजार आठ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार दुई सय २३ जनामा संक्रमण पुष्टि र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ७८ जना गरी १ हजार आठ सय १ जना कोरोना संक्रमित भेटिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थप २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ३२ हजार ७४ जना संक्रमित निको भइसकेका छन् । र हाल नेपालमा निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।
यस्तै देशभर रहेका सक्रिय संक्रमितमध्ये २२ हजार आठ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ५ सय ६१ जनाको आईसीयू र १ सय ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हालसम्म नेपालमा ९ हजार ५ सय ५० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।