१८ वर्षभन्दा माथिका सबै नागरिकलाई पुग्ने खोप ल्याउन सरकारको योजना

Sky Dainik शनिबार, साउन ०२, २०७८

काठमाडौं,साउन २। सरकारले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई पुग्ने गरि खोप ल्याउने भन्दै त्यसका लागि योजना बनाइसकेको छ।

यस्तै अब केही समयभित्र नै १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो। अहिले ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने अभियान चलिरहेको छ।

खोप आपूर्तिको समस्या समाधान गर्दै अठार वर्षमाथिका सबै नेपाली नागरिकका लागि निशुल्क खोप लगाउने योजना तयार भइसकेको मन्त्रालयका सहप्रवक्ता डा. प्रवक्ता समिरकुमार अधिकारीले भनेका छन् ।

प्रवक्ता अधिकारीका अनुसार सबै नागरिकले खोप पाउँने र सबैले संयमित भइ खोप अभियानलाई सफल बनाउनका लागि सहयोग गरिदिनुहुन अनुरोध समेत गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १६ गतेसम्ममा चीनबाट खरिद गरेको ३२ लाख डोज खोप पनि आइपुग्ने जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्