Sky Dainik शनिबार, साउन ०२, २०७८

काठमाडौं,साउन २। बितेको २४ घण्टामा देशभर थप १ हजार आठ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ६६ जना नमुना परीक्षण गर्दा ६ हजार आठ सय ५८ जनाको पिसिआर परीक्षणबाट १ हजार तीन सय १० जनामा संक्रमण पुष्टि र ३ हजार दुई सय ८ जनाको एन्टिजेन परीक्षणबाट ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मुलुकभर कोरोना संक्रमणबाट थप २१ जनाले ज्यान गुमाएका छन् भने यससँगै देशभर कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार पाँच सय २७ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार एक सय ६४ जना संक्रमणमुक्त भएका छन्। यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३० हजार चार सय ७ जना निको भएका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्