Sky Dainik शनिबार, साउन ०२, २०७८

काठमाडौं,साउन २। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो ११ बजे पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्।
उक्त बैठक तुल्सीलाल आमात्य भवन च्यासलमा बोलाइएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। तामाङका अनुसार भोलि आइतबार दिउँसो ११ बजे बस्ने स्थायी कमिटी बैठकमा सोमबारका लागि केन्द्रीय बैठकबारे छलफल गर्न बोलाइएको हो।
यस्तै शुक्रबार पनि स्थायी कमिटी बैठक बसेको थियो। सो बैठकमा माधव नेपाल पक्षीय नेताहरु भने सहभागी भएका थिएनन् ।
शुक्रबारको बैठक रोक्न वरिष्ठ नेता माधव नेपाल पक्षले आग्रह गरेको भए पनि ओलीले बैठक स्थागित गर्न तयार भएका थिएनन्। त्यसैगरि नेपाल पक्षले भोलिको बैठकमा नजाने निर्णय बताएको छ।
यस्तै अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच समझदारी निर्माण भएर बोलाइएको बैठकमा मात्र सहभागी हुने नेपाल पक्षले घोषणा गरेको छ।