अदालतको फैसलालाई पालना गर्न तयारः प्रधानमन्त्री ओली

Sky Dainik मंगलबार, आषाढ २९, २०७८

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलालाई आफूले पालना गर्ने स्पष्ट पारेका छन्।

मंगलबार राष्ट्रका नाममा बिदाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फैसला पालना गर्ने कुरा बताएका छन् । उनले नेपालको संविधान नेपाली जनताको विश्वास र भावना, सपना जोडिएको पनि बताएका छन्।।

सर्वोच्चको फैसलाले देशमा अस्थिरता ल्याएको र यसबाट तत्काल अरु खुसी भए पनि लामो समयका लागि यो ठिक नभएको र फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना गर्ने बताएका हुन् ।

देशवासीका नाममा सम्बोधन गर्दै उनले सर्वोच्चको फैसलाले लोकतन्त्रको भावको विजयलाई अर्थहिन बनाएको दाबी समेत गरेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्