Sky Dainik सोमबार, आषाढ २८, २०७८

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरि देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थित युवा संघले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ।
माइतीघरमा भेला भएका युवा सङ्घका नेता कार्यकर्ताले अदालतको फैसलाको विरोध केपी ओलीको पक्षमा नाराबाजी गरेका थिए। सोमबार फैसला आएको एक घण्टा नबित्दै नेता महेश बस्नेतले माइतीघरमा आन्दोलन गर्न आह्वान समेत गरेका थिए।
यस्तै संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले आदेश जारी गरेको छ। तर ओली पक्षका नेता, कार्यकर्ता अदालतले प्रधानमन्त्री नियुक्ति गर्न नपाउने भन्दै सडकमा उत्रिएका छन् ।
कार्यकर्ताहरूले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्विरसहित प्रदर्शनमा आएका थिए।
यहाँ कमेन्ट गर्नुहोस्