Sky Dainik सोमबार, आषाढ २१, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार छ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार पाँच सय २७ जनाको नमुना परीक्षण मध्ये ७ हजार चार सय ९९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार सात सय ४५ र ४ हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ७७ गरी २ हजार छ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना संक्रमितका कुल संख्या पीसीआर विधिबाट गरिएको पीक्षणमा ६ लाख ४६ हजार तीन सय ६७ र एन्टिजेन विधिमार्फत गरिएको परीक्षमा ३८ हजार नौ सय ९४ जनामा पुष्टि भएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा देशभर २ हजार दुई सय ११ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ११ हजार चार सय २९ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको कुल संख्या २५ हजार ६ सय ९० जना रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा थप २३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए सँगै अहिलेसम्म नौ हजार दुई सय ४८ जना संक्रमितको ज्यान गएको छ ।