Sky Dainik आइतबार, आषाढ २०, २०७८

२० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार छ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुबै विधिबाट ८ हजार एक सय ३२ जनाको परीक्षण हुँदा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ र एन्टिजेन विधि मार्फत गरिएको परीक्षणमा ५ सय ६१ जना गरि १ हजार छ सय ३ जनामा कोरोनभाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै काठमाडौं उपत्यकामा मात्र ४ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् ।
यस्तै बितेको २४ घण्टामा २ हजार पाँच सय ५२ जना कोरोनामुक्त भएका छन् । हालसम्म देशभर ६ लाख नौ हजार दुई सय १८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा २७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार दुई सय २५ पुगेको छ ।
हाल नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार एक सय ७९ जना रहेको छ ।