Sky Dainik शुक्रबार, आषाढ १८, २०७८

१८ असार, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार दुई सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या अनुसार १० हजार पाँच सय ९६ जनाको परीक्षण गरे मध्ये ६ हजार पाँच सय ६६ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार तीन सय ९१ र ४हजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ८ जना गरी २ हजार दुई सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार साात सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा थप ३ हजार चार सय ५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख तीन हजार ६ सय जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ । हाल २६ हजार तीन सय ३६ जना होम आइसोलेसन, २ हजार नौ सय ३८ जना संस्थागत आइसोलेसन, ६ सय ३२ जना आइसीयू र १ सय ८१ जना भेन्टिलेटरमा रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार एक सय ७९ जना संक्रमितले ज्यान गुमाएका छन् ।