फेरि बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा थप २ हजार ८९२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

Sky Dainik बुधबार, आषाढ १६, २०७८

१६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार आठ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय नेपालमा फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार एक सय ८७ जनामा पीसीआर परीक्षण गर्दा १ हजार आठ सय ८९ जना र ४ हजार तीन सय ८१ जनामा एन्टिजेन मार्फत परीक्षण गर्दा १ हजार ३ जना गरी कुल २ हजार आठ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार ११ हजार सात सय ४८ जनामा परीक्षण गर्दा २ हजार छ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने बुधबार ११ हजार पाँच सय ६८ जनामा परीक्षण गर्दा २ सय ५६ जना बढी संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने यो सँगै हालसम्म कोरोना संक्रमणबाट ९ हजार एक सय १२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ हजार पाँच सय ९७ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरि संक्रमण निको हुने संख्या ५ लाख ९६ हजार एक सय ३२ पुगेको छ भने देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३८ हजार आठ सय ५ जनाा (पीसीआर) र ३४ हजार नौ सय ४४ जना (एन्टिजेन) विधि मार्फत पुगेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ५ सय ७२ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४ सय ३६, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ४७ जना रहेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्