Sky Dainik मंगलबार, आषाढ १५, २०७८

१५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार छ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार तीन सय ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । सो अवधिमा ११ हजार सात सय ४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार दुई सय ५९ र एन्टिजेन विधिमार्फत ४ हजार चार सय ८९ जनाको परीक्षण भएको थियो ।
सोमबार ११ हजार छ सय ४० जनामा परीक्षण गर्दा २ हजार चार सय ४४ जनामा संक्रमण पुष्टि भएको थियो भने मंगलबार ११ हजार सात सय ४८ जनामा परीक्षण गर्दा झण्डै दुई सय जना बढी संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने यो सँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ७१ पुगेको छ ।
हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार तीन सय १० जना रहेको छ ।