२४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना सङ्क्रमण, ४२ जनाको मृत्यु

Sky Dainik सोमबार, आषाढ १४, २०७८

१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार चार सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार छ सय ४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार पाँच सय ९ र एन्टिजेन विधि माार्फत परीक्षण गर्दा ९ सय ३५ गरि २ हजार चार सय ४४ जना संक्रमित रहेका छन् । यसमध्ये काठमाडौं उपत्यकामा मात्र ३ सय ५५, ललितपुरमा १ सय १२ तथा भक्तपुरमा ४७ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार एक सय ८८ जना तथा एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा तीन हजार आठ सय ५३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसगै नेपालमा कोरोना संक्रमण निको हुनेको सङ्ख्या पाँच लाख ८८ हजार एक सय ८७ पुगेको छ भने अहिले नेपालमा ३७ हजार नौ सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४२ जना संक्रमितले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन । योसगै अहिलेसम्म कोरोना संक्रमण बाट ज्यान गुमाउनेको कुल सङ्ख्या नौ हजार ५१ पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्