थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुने दर घट्यो

Sky Dainik शनिबार, आषाढ ०५, २०७८

५ असार, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरु मृत्यु हुने क्रम लगातार घट्दै गएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज ३४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

गएको २४ घण्टामा ११ हजार छ सय ९६ जनाको नमुना परीक्षण गर्दा थप २ हजार चार सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३ हजार छ सय ६० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पीसीआरबाट परीक्षण गर्दा एक हजार ६ सय ८८ जनामा संक्रमण पाइएको छ भने ४ हजार ६ सय ८६ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा ७ सय १३ जनामा संक्रमण पाइएको छ ।

यस्तै हालसम्म नेपालमा ५ लाख ५३ हजार तीन सय ४२ जना संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार छ सय ७५ पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्