Sky Dainik बिहिबार, आषाढ ०३, २०७८

३ असार, काठमाडौं । भर्खर मात्र सिन्धुपाल्चोकको विभिन्न स्थानमा गएको बाढी पहिरोले हजारौं जनताहरु घरवारविहीन हुनुका साथै उनिहरुलाई खाद्यान्नको पनि अभाव भएको छ।
राती आएको बाढिका कारण आफ्नो शरीर त बचाउन सके तर कुनैपनि अत्यावश्यक सामाग्री निकाल्न सकेनन् । अहिले त्यहाँका जनतालाई विभिन्न सामाजिक संघ संस्था तथा सामाजिक अभियान्ताहरुले अत्यावश्यक पर्ने विभिन्न खाद्यान्न सामाग्री , लत्ताकपडाहरु वितरण गरिरहेका छन् ।
योसँगै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन का संस्थापक वसन्त लामाको नेतृत्वमा करिव एघार लाख रकम बराबरको खाद्यान्न सामाग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु लिएर द बर्गर हाउस टिम सिन्धुपाल्चोक हिडेको अभियानका संयोजक तथा द बर्गर हाउसका संस्थापक वसन्त लामाले जानकारी दिएका छन् । बाढी पहिरोबाट त्यस क्षेत्रका धेरै व्यक्तिहरू प्रभावित भएको सुन्ने बित्तिकै आफुले फेसबुकपेजबाट यो अभियान चलाएका र यस अभियानलाई धेरै सहयोगी व्यक्तिहरु ले साथ दिइएको लामाले बताए।
लामाको नेतृत्वमा ३०० बोरा चामाल,७० वटा ग्यास, २०० किलोग्राम नुन, २०० लिटर खाने तेल लगाएत विभिन्न खाद्यान्न सामाग्री तथा माक्स, सेनिटाइजर, फेस सिल्ड,पन्जा जस्ता स्वास्थ्य सामाग्री लगिएको छ। सफल युवा व्यवसायी तथा समाजसेवी लामाले यसअघि पनि अफ्ट्यारोमा परेका धेरै व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गर्दै आएका छन् ।