गएको २४ घण्टामा थप ३ हजार ७ सय ५० जना कोरोना संक्रमित थपिए, ६७ जनाको मृत्यु

Sky Dainik शुक्रबार, जेठ २८, २०७८

२८ जेठ, काठमाडौं । गएको २४ घण्टामा नेपालमा थप ३ हजार सात सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार सात सय ९ जना र ५ हजार ५ सय ८४ जनाको एन्टिजेनबाट परीक्षण गर्दा एक हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो । योसहित अहिलेसम्म कोरोना सङ्क्रमण हुनेको कुल सङ्ख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप ६७ जनाको मृत्यु भएको छ । संक्रमणका कारण अहिलेसम्म ८ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन् । यस्तै गएको २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको सङ्ख्या अहिलेसम्म ५ लाख २० हजार ८ सय १६ पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्