Sky Dainik बुधबार, जेठ २६, २०७८

२६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार तीन सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार चार सय ४९ जनामा र ४ हजार पाँच सय ६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८ सय ९५ जनामा गरी ४ हजार तीन सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा ९ सय १५ जनामा सङ्क्रमण पाइएको छ । काठमाण्डौमा ६ यस ७९, भक्तपुरमा ८५ र ललितपुरका एक सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजाार ७ सय ६८ जना संक्रमणमुक्त भएका छन् । र आज देशभर सक्रिय सङ्क्रमितको कुल सङ्ख्या ८० हजार तीन सय ३६ पुगेको छ । यसमध्ये ७४ हजार आठ सय ३८ जना होम आइसोलेनशमा रहेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्