Sky Dainik मंगलबार, जेठ २५, २०७८

२५ जेठ, काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ५ सय ७० जना संक्रमण मुक्त भएका छन् । योसँगै पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ८ हजार ९८ जनाले ज्यान गुमाएका छन् ।
१२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार आठ सय ७० जना र पाँच हजार ६ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार दुई सय ८३ जना सङ्क्रमि पुष्टि भएका छन । यस्तै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ११ हजार तीन सय आठ पुगेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या पाँच लाख चार हजार पाँच सय ३० पुगेको छ । र अहिले नेपालमा ८२ हजार सात सय ३६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।