२४ घण्टामा ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त, थप ६८ जनाको मृत्यु

Sky Dainik शनिबार, जेठ २२, २०७८

२२ जेठ, काठमाडौं –  पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार २ सय ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । र पछिल्लो २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ७ सय ९९ पुगेको छ । बितेको २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको थियो । जसमा एन्टीजेन परीक्षणमा १५०२ र पीसीआर परीक्षणमा ३ हजार ५४० गरी कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन) पुगेको छ । यस्तै नेपालमा कोरोना संक्रमित मुक्त हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्