काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा लम्बियो, पार्टी प्यालेस तथा होटलमा विवाह, व्रतबन्ध गर्न पूर्ण रोक

Sky Dainik मंगलबार, बैशाख २८, २०७८

२८ वैशाख, काठमाण्डौ – काठमाडौं उपत्यकामा आउँदो जेठ १३ गतेसम्मको लागि निषेधाज्ञा थप्ने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १५ दिन सम्मको लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

प्रजिअहरुको बैठकले निषेधाज्ञाको अवधिमा पार्टी प्यालेस तथा होटलमा विवाह, व्रतबन्धल भोज गर्न पनि पूर्ण रोक लगाएको र यदि घरमै गर्ने भएमा बढीमा १० जना मात्र सहभागी हुन पाउने ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभएको छ ।

त्यस्तै सबै विकास निमार्णका कार्य पनि रोकिने भएको छ । बैठकले राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको बस्नेतले बताउनु भयो ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिदै गएको हुनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा आदेश लागु गरेको थियो । त्यसपछि निषेधाज्ञा एक हप्ताको लागि थप गरेर वैशाख २९ गतेसम्म जारी गर्ने निर्णय भको थियो । निषेधाज्ञा सकिनु एक दिनअघि १५ दिन थप गरेर जेठ १३ गते सम्म लम्बायको छ ।

बैठकले निषेधाज्ञामा खाद्यान्न तथा तरकारीका पसल बिहान ९ बजेसम्म खोल्न पाइने तर फुटपाथमा तरकारी वा अन्य कुनै पनि व्यापार गर्न नपाइने र औषधि पसल भने दिनभर खोल्न पाइने व्यवस्था भएकोे छ ।

यहाँ कमेन्ट गर्नुहोस्